Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौं, १९ वैशाख २०८२ । सरकारले सरकारी सेवामा इन्टर्न राख्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने बताए।

त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घन्टाको ज्याला पनि निर्धारण गरिने उनले बताए।

‘स्थानीयदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ। स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गराइनेछ। हप्तामा २० घन्टाको न्युनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दैको नीति लागू गरिनेछ,’ उनले भने।

तपाईको प्रतिक्रिया