Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

गौरादह, १८ वैशाख २०८२ । पहिलो पाईला नेपाल शाखा कार्यालय गौरादहले विपन्न परिवारलाई झुल वितरण गरेको छ । झापाको गौरादह नगरपालिका-८ जुरोपानीमा सम्पन्न गरिएको कार्यक्रममा जुरोपानीभित्र रहेका विपन्न परिवारहरुलाई आज (बिहिबार) एक कार्यक्रमका बिच झुल वितरण गरिएको पहिलो पाइला नेपाल गौरादह शाखा अध्यक्ष भुपेन्द्र निरौलाले जानकारी दिनुभयो ।

पहिलो पाइला नेपाल गौरादह शाखा टिमले कार्यक्रम स्थलसम्म आउन नसक्ने परिवारहरुलाई घरघरमा लगेर पनि झुल वितरण गरेको जनाएको छ । उक्त कार्यक्रम मार्फत ३५ जना विपन्न परिवारहरुलाई झुल वितरण गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

पहिलो पाइला नेपाल गौरादह शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथी गौरादह नगरपालिकाकि उपप्रमुख जलवर्षा राजवंशी (चौधरी) ले नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै, समाजसेवी श्याम अधिकारीले पहिलो पाइला नेपालसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गौरादह नगरपालिका-८ का वडासदस्य लालचन राजवंशी, स्थानीय व्यक्ति ख्याम ढकाल, ग्वालडुब्बा फार्मेसी का प्रो. टेकनारायण (विवेक) राजवंशी, प्रथम उपाध्यक्ष निसा पौडेल दहाल, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी लगायतको उपस्थित रहेको थियोे । संस्था कि सदस्य यमुना खत्रीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाको कार्यवाहक सचिव प्रदिप धमलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया