Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

झापा, १८ वैशाख २०८२ । चितवनबाट झापा आउँदै गरेको स्कोरपियो उदयपुरको कटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरादहका १ सहित ६ जना घाइते भएका छन् ।

आज (बिहिबार) दिउँसो ४ः१० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ स्थित सोमबारेमा मे १ च ३०४० नम्बरको स्कोरपियो आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार चालकसहित सातै जना झापाका बासिन्दा हुन् । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पठाएको छ । त्यसमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा चालक दमक –९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ ( दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य) ,दमक –१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम) , दमक –१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम (टाउको र बायाँ गालामा चोट अवस्था मध्यम) ,दमक –६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य), दमक –२ बस्ने ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य) र गौरादह –१ बस्ने ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य) रहेका छन् ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया