Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

झापा, १८ वैशाख २०८२ । झापामा भएका सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ९ बजे गौरीगंज गाउँपालिका वडा नम्बर २ बाहुन टोलस्थित भित्री सडकखण्डमा मे १ त ६२०० नम्बरको ट्रयाक्टर बाहुन टोलबाट पूर्व चियाबगानतर्फ जाँदै गर्दा ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय सैला मुर्मुका छोरा अन्दाजी ८ वर्षीय देवराज मुर्मु झर्ने क्रममा अचानक लडेका थिए । नाक र छातीमा चोट लागेर घाइते भएका बालकलाई दमक हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

बालकको शव घर ल्याई राखिएको प्रहरी चौकी कोरोबारीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय गौरीगंजबाट टोली समेत खटिएको जनाइएको छ ।

त्यस्तै दुई दिनअघि बुद्धशान्ति गाउँपालिका वडा नम्वर –४ बर्नेमा बोलेरो पिकअपको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलवार दिउँसो ४ः३० बजे बर्नेस्थित मेची राजमार्गमा इलामबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ९२१४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–००२ च ५२६ नम्बरको बोलेरो पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ५ बस्ने ३६ वर्षीय लिलाराज संजेल र सोही मोटरसाइकलमा पछाडी सवार अर्जुनधारा वडा नं। ५ बस्ने लालबहादुर राजवंशी घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । मोटरसाइकल चालक संजेलको उपचारको क्रममा गएराति २स५० बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल, बोलेरो पिकअप र पिकअप चालक इलाम सन्दकपुर २ बस्ने २४ वर्षीय सुसन गुरुङलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । झापामा हिजो पनि सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया