Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १८ वैशाख २०८२ । जनता समाजवादी पार्टी ९जसपा०, नेपालकी नेत्री डा। बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।

बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।

पेस्तोल पड्काएकाविषयमा सोधपुछका निम्ति यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ । यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन् । सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए ।

एसपी खतिवडाले भने, ‘‘हामीले सोधपुछका लागि बोलाएका छौँ । के कसो हो बुझेपछि थाहा हुन्छ । पेस्तोल पनि कुन प्रकृतिको हो हामी बुझ्दै छौँ ।’’

 

तपाईको प्रतिक्रिया