Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

काठमाडौं, १८ वैशाख २०८२ । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। बुधबार ७ सय रुपैयाँले घटेको सुन आज ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया