काठमाडौँ, १७ वैशाख २०८२ । शिक्षकको माग बोकेर शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मन्त्री पन्त बाहिरिएका हुन् ।
‘मन्त्रीज्यूले ड्राफ्ट लिएर जानु भएको छ । अब कति बुँदामा निर्णय हुन्छ त्यो क्याबिनेटको कुरा रह्यो,’ वार्तामा सहभागी एक सदस्यले भने ।
शिक्षक महासंघ सहित शिक्षकका संघ संगठनका प्रतिनिधि भने मन्त्रालयमै छन् ।
शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । यसैको आधारमा मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।