Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, १७ वैशाख २०८२ । शिक्षक महासंघले मन्त्रिपरषद्बाट निर्णय भएपछि मात्र सहमतिको प्रक्रिया अगाडि बढाउने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालययमा जारी बैठकमा सहभागी महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रिपरिषद्बाट निर्णय भएपछि सहमतिको प्रक्रिया अगाडि बढ्ने बताइन् ।

‘मन्त्रिपरिषद्‍बाट पास भएर आएपछि सहमतिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भनिन् ।

वार्तामा सहभागी अर्का एक सदस्यले शिक्षकका माग मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बताएका छन् । ‘मन्त्रिपरिषद्बाट हुने निर्णय हुन्छ,’ ती सदस्यले भने ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा २ बजेदेखि वार्ता चलिरहेको छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।

तपाईको प्रतिक्रिया