Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, १६ वैशाख २०८२ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो दिन सोमबार १४ अंक बढीले घटेको नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‌ेक्स ०.४३ प्रतिशतले घटेर ४४३.५४० विन्दुमा पुगेको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

नेप्से दोहोरो अंकले घट्दा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

भूगोल इनर्जी डेभलपमेन्टको सेयर ९.०१ प्रतिशतले घटदा राधी विद्युत कम्पनीको ७.०० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६३ प्रतिशतले घट्यो।

यसदिन मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.८८ प्रतिशतले घटयो। ८२ करोड ४३ लाख मूल्य बराबरको सेयर कारोबार गरी सानिमा माइ हाइड्रोपावर शीर्षस्थानमा रहयो।

नगदी ग्रुप पावरको ६२ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा राधी विद्युतको ४६ करोड,एनआरएन इन्फ्रास्टक्टचर एण्ड डेभलपमेन्टको २५ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घट्यो। म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको उपसूचक सर्वाधिक १.२२ प्रतिशतले घट्यो।

 

तपाईको प्रतिक्रिया