Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, १५ वैशाख २०८२ । मंगलबार देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। म‌ंगलबार राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

 

तपाईको प्रतिक्रिया