Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

विराटनगर, १५ वैशाख २०८२ । विराटनगरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१९, मिलन चोक नजिकै सोमबार प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ ।

टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाइ रहेको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ । तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगोले टिपरको अगाडिको भाग जलेर क्षति पुगे पनि चालक सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया