Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

भद्रपुर, १५ वैशाख २०८२ । झापाको एक स्विमिङ पुलमा डुबेर बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर भारत, विहार किसनगंज जिल्ला झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गोस्वामी स–परिवार आइतबार घुम्न आएका थिए । सोही होटलमा बसेको अवस्थामा आइतबार साँझ साढे ६ बजे बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । बालकलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा साँझ ६ः५३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया