Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

कपिलवस्तु, १४ वैशाख २०८२ । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपियाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको भारतीय र नेपाली रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो।

भारतको बलरमवापुर जिल्ला तुलसीपुरका कुमार शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा भाडामा बस्दै आएको खुलेको छ। प्रहरीले अभियुक्तको साथबाट रकमसहित पैसा गन्ने मेसिन, मोबाइल फेला पारेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताउनुभयो।

 

तपाईको प्रतिक्रिया