Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

झापा, १४ वैशाख २०८२ । आफ्नै बाबुको खुकुरी प्रहारबाट ९ दिनअघि घाइते भएकी पाँच वर्षीया नाबालिकाको उपचारका क्रममा मृत्यु भएको छ । गत बैशाख ४ गते बिहान अन्दाजी ६:३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका –९ गोपे बस्ने ३२ वर्षीया चामकुमार तामाङले आफ्नै छोरी ५ वर्षीया पवित्रा तामाङलाई खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते बालिकाको गएराति ९:५ बजे उपचारको क्रममा टिचिङ अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शव सोही अस्पतालमा रहेको छ ।

खुकुरी प्रहारपछि फरार रहेका चामकुमार घटना भएकै दिन दिउँसो ३:३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी –९ लिखेप मझुवा खोलाको बगरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

चामकुमारले आफैले आफ्नो दाहिने कानको मुनि , पेट र छातीको बिच भागमा हतियार प्रहार गरेका थिए । उनलाई जिल्ला अस्पताल फाप्लुमा भर्ना गरी प्रहरीको निगरानीमा उपचार गरिएकोमा थप उपचारको लागि उनको भिनाजु कुमार तामाङलाई जिम्मा लगाई वीर अस्पताल काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया