Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

काठमाडौं, १३ वैशाख २०८२ । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । शनिबार (वैशाख १३) बेलुका काठमाडौंको कपनबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी काठमाडौंकै कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणकी आरोपित हुन् । काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिइन् ।

फरार आरोपित राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उक्त कार्यालयकै टोलीले सांसद राईलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया