काठमाडौं, १२ वैशाख २०८२ । शनिबार देशका कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।