Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, १२ वैशाख २०८२ । नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्।

उनले भनेका छन्,’शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट आह्वान गर्दछु।’

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। सर्वोच्च अदालतले पनि शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ।

 

 

तपाईको प्रतिक्रिया