Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, ११ वैशाख २०८२ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

 

तपाईको प्रतिक्रिया