Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

विराटनगर, १० वैशाख २०८२ । विराटनगरस्थित ससुराली घरमा सुतिरहेका एकजना भारतीय नागरिकको करेन्ट लागेर मृत्यु भएको छ । भारत जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । चौधरीलाई विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा सुतिरहेका बेला बुधबार दिउँसो २:१५ बजेतिर करेन्ट लागेको बताइएको छ ।

घरको कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पंखाबाट उनलाई दिउँसो २:१५ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया