Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

झापा, ९ वैशाख २०८२ । झापाको कन्काईमा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-५ बस्ने ५५ वर्षिय लेखनाथ सापकोटाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक सापकोटा, सापकोटा कल्याण केन्द सुरुङ्गाका पुजारी रहेको जनाइएको छ ।

आज बिहान अन्दाजी ७ बजेको समयमा कन्काई नगरपालिका-८ घाघरा पुल स्थित पुर्ब पश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोड तर्फ आउदै गरेको ना.७ प २९९७ नम्बरको ट्याङकरले सोही दिशा तर्फ आउदै गरेको साईकलयात्री सापकोटालाई ठक्कर दिदा घाइते भएका थिए । उपचारको लागि अस्पताल तर्फ लाँँदालाँदै बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पेष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

घट्नामा संलग्न ट्याङ्कर र चालक कमल गाउपालिका-१ बस्ने ४६ वर्षिय भिम बहादुर कोईराला समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि आवश्यक अनुसन्धान तथा कारवाहि भैरहेको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया