झापा, ९ वैशाख २०८२ । झापा बिर्तामोडको क्षितिज महिला बिकास समाज सुधार केन्द्रको शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-५ किरातचौक स्थित क्षितिज महिला बिकास समाज सुधार केन्द्रमा बिगत ३ महिना देखि सुधारको लागी बस्दै आएकि इलाम नगरपालिका-४ बरबोटे बस्ने ५० वर्षिया जिवनकला काफ्लेको हिँजो (सोमबार) राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शौचालय जाने क्रममा लडेर बेहोस भएकी काफ्लेलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।