Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

झापा, ७ वैशाख २०८२ ।  झापाको भद्रपुरबाट अवैध सामानसहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिँजो (शनिबार) राती ८ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलिले भद्रपुर नगरपालिका-९ स्थित घोडामारा चोकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको बा १८ च ४६१६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याउँदै गरेको मोबाइल फोनको पार्ट्सहरु २० कार्टुन, पिकअप गाडी र भद्रपुर नगरपालिका-५ वस्ने गाडी चालक २३ वर्षिय राहुल कामतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको मोबाइल पार्टसको अन्दाजी मूल्य २९ लाख ८७ हजार २ सय, गाडीको ५ लाख गरी कुल ३४ लाख ८७ हजार २ सय मूल्य बराबरको अवैध सामान रहेको जनाइएको छ । उक्त सामान, गाडी र गाडी चालक कामतलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तैगरी, सोही रात अन्दाजी ८ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका६ छाताचौक स्थितमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी मूल्य १८ लाख १० हजार २ सय ५० मूल्य बराबरको बिभिन्न कम्पनिको मोबाइलमा प्रयोग हुने सामानहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरीएका सामानहरुलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बरामद गरीएका निम्न सामानहरू :

१.Oppo ठुलो र सानो charger थान -६०
२.Vivo 7 watt को charger थान -५०
३.Oneplus charger थान -११
४.Vip लेखिएको सानि चार्जर थान -१९०
५.Samsung traval adapter charger थान -१०६
६.Woos लेखिएको डाटा केबल थान -५०
७.Vip लेखिएको चार्जर थान -२६२
८.Kinshu brard charger head थान-४८
९.Apple लेखिएको adapter 20 watt थान-९०
१०. Apple लेखिएको data cable थान-४१
११. सेतो data cable २४ प्याकेट
१२. सेतो Earphone -२६ प्याकेट
१३. सेतोकालो earphone -६ प्याकेट
१४. OTG data cable -२ प्याकेट
१५. Apple aerpod को खोल थान ३९
१६. CY co5 लेखिएको कालो Earphone थान ३७
१७. कालो रङ्को NIC थान ७
१८. 30 watt को Ni Charger थान ११
१९. 85watt को Ni charger थान -३
२०. 30 watt को Vivo कम्पनिको charger थान -१२
२१. 30 watt को realme charger थान -११
२२. 87 Watt को Realme charger थान -१७
२३. 87 watt को MI lलेखिएको charger थान -१३
२४. 44 watt को Vivo लेखिएको charger थान ११
२५. Iphone कम्पनिको apple aerpod थान -३५
२६. बिभिन्न कम्पनिको charger र earphone  को खोल १ बोरा ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया