झापा, ६ वैशाख २०८२ । झापाको शिवसताक्षीमा जंगली च्याउ खादा एक महिला बिरामी परेकी छिन् । शिवसताक्षी नगरपालिका-११ बस्ने रोशन राईकि श्रीमती ३५ वर्षिया चन्द्र कुमारी राईले आज बिहान जंगली च्याउ टिपेर घरमा ल्याई पकाई खाएकोमा बिरामी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिरामी महिलाको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको जनाइएको छ । बिरामीको अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।