झापा, ४ वैशाख २०८२ । झापामा करेन्ट लागेर एकजना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षि नगरपालिका-९ बस्ने अन्दाजी ४५ वर्षिय संतोष लिम्बुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज (बिहिबार) दिउँसो अन्दाजी ४ः३० बजेको समयमा कनकाई नगरपालिका-२ स्थित रहेको हेपी ल्याण्ड फनपार्कमा बिजुली मर्मत गर्ने क्रममा लिम्बुलाई अचानक करेन्ट लाग्दा घाइते भएको प्रहरीले जनाएको छ । घाइते लिम्बुलाई उपचारको लागी कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो। सो घट्ना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भैरहेको जनाइएको छ ।