काठमाडौं, ४ वैशाख २०८२ । के एम मिनरल वाटर बडिखेलद्वारा उत्पादित खानेपानीको जारमा किरा भेटिएको छ ।
पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनका लागि ल्याइएको पानीको जारमा किरा भेटिएको हो ।
खानेपानीमा किरा भेटिएपछि ललितपुर महानगरपालिकाले उक्त कम्पनीलाई २५ हजार जरिवाना तिराएको छ ।
के एम मिनरलवाटर बडिखेललाई जरिवाना गरिएको ललितपुर महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।