Online Bichar
शुक्रबार, मंसिर २०, २०८२ | Friday, December 5, 2025

काठमाडौं, ३ वैशाख २०८२ । इसेवाबाट एक करोड बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ का २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाई इसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४ हजारभन्दा बढी व्यक्तिहरूको रकम चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

उनले पशुपति ग्लोबल इनोभेसनको खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

तपाईको प्रतिक्रिया