Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठमाडौं, २ वैशाख २०८२ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेका विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले भने, “थाई एयरको उडानमार्फत बैंकक हुँदै गए राति ९वैशाख १० नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।”

थप अनुसन्धानका निम्ति भिजयनलाई लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।रासस

 

तपाईको प्रतिक्रिया