Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

झापा, ३१ चैत २०८१ । झापाको अर्जुनधारामा लाखौँको चोरी भएको छ । अर्जुनधारा नगरपालिका-६ डाँस पुल छेउ बस्ने दीपक पराजुलीको घरमा चोरी भएको हो ।

दुई तले पक्की घरमा कोही नभएको अवस्थामा घरको मूल ढोकाको ताल्चा फुटाई माथिल्लो तल्लाको कोठाभित्र दराजमा रहेको सुनको विभिन्न गरगहनाहरू अन्दाजी साढे ३ तोला र चाँदीको विभिन्न गरगहनाहरू अन्दाजी १३५ तोला गरी जम्मा ८ लाख ४५ हजार बराबरको चोरी भएको हो । पराजुली परिवारका सम्पूर्ण सदस्यहरू काठमाडौँ गएका थिए । हिजो साँझ घर फर्किएर आएपछि घरमा चोरी भएको थाहा पाएका थिए ।

 

तपाईको प्रतिक्रिया