Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

झापा, ३० चैत २०८१ । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-१ बस्ने ६६ वर्षिय तारा बहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज (शनिबार) बिहान अन्दाजी ११ बजेको समयमा बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । करेन्ट लागी घाइते भएका विश्वकर्मालाई तत्काल उपचारको लागी आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलिबाट घटनाबारे थप बुझ्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया