काठ्माडौं, २८ चैत २०८१ । थाइल्याण्डमा बसेर गिरोहले नेपाल हुँदै भारतमा गाँजा तस्करी गर्ने गरेको खुलेको छ। हालैको एउटा घटनाले गाँजा तस्करीमा नेपाललाई ट्रान्जिट बनाएको पाइएको हो। मुख्य गिरोह भने थाइल्याण्डमै बस्ने गरेको पाइएको छ।
त्यही क्रममा लागुऔषध कारोबारीले पठाएको गाँजा लिएर आउने र रिसिभ गर्न आएका ३ जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले थाहाखबरलाई जानकारी दिएको छ।
थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ आएकी २७ वर्षीया थाई नागरिक कनोक्वाङ पोङ्गसुवाङलाई विमानस्थलबाट पक्राउ गरिएको थियो। उनको साथबाट प्रहरीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको थियो।
उत्त गाँजा रिसिभ गरी भारत लैजान खोज्ने थाइल्याण्ड घर भई काठमाडौँ बस्ने २४ वर्षीया चोङलादा निचातुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मलिकलाई पनि पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक नारायण अधिकारीले बताए। उनीहरूलाई आज सार्वजनिकसमेत गरिएको छ।