Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

बन्दीपुर (तनहुँ), २६ चैत २०८१ । बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको मंगलबार दुर्घटनामा परेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुंगाले लागेर चालक गुरुङको मृत्यु भएको हो ।

ढुंगाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया