Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

अछाम, २६ चैत २०८१ । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर दमकल अभावमा समस्या भइरहेको छ ।

अहिलेसम्म ७ वटा पसल जलेर नष्ट भएका छन् ।

अहिले मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया