Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

झापा, २६ चैत २०८१ । झापाको गौरादहबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-४ मैदान घोपाका २३ वर्षिय उमेश गिरी र गौरादह-२ राधाकृष्ण टोल बस्ने २४ वर्षिय मनोज भारती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिँजो (सोमबार) ७ः३० बजेको समयमा गौरादह-४ मैदान घोपामा लागुऔषध खैरो हेरोइनको खरीद बिक्री भैरहेको भन्ने गोप्य सुचनाको आधारमा गिरीको तलासी लिदा उनको साथबाट २ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा उक्त लागूओेषध मनोज भारतीबाट खरिद गरिएको भन्ने जानकारी दिएकोले उनिहरु दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया