Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

झापा, २६ चैत २०८१ । झापामा सडिगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । हिँजो (सोमबार) अन्दाजी १२ बजेको समयमा अर्जुनधारा नगरपालिका-१ हलुवागढ सामुदायिक वन भित्र आप खोल्सी भन्ने स्थानमा इलाम रोङ गाउपालिका-२ बस्ने ६० वर्षिया सितादेवि खरेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानियले घास काट्ने क्रममा उक्त शव फेला पार्ने बितिकै प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा र लुगाको आधारमा मृतकको कान्छि छोरी देविका खड्का खनालले सोहि दिन २ः४५ बजे घटना स्थलमा आई पहिचान गर्दा उक्त शव सितादेवि खरेलको रहेको प्रहरीले जनाएको छ । मृत भेटिएकी महिला २०८१ माघ २८ गतेबाट हराई बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा फागुन ४ गते हुलिया निवेदन परेको जनाइएको छ । घट्ना सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया