Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, २५ चैत २०८१ । झैझगडाका क्रममा झापा दमककी एक महिलाले छिमेकीमाथि खुकुरी प्रहार गरेकी छन् । गएराति ८:२० बजे दमक नगरपालिका वडा न. ७ श्रीपाली टोल बस्ने ५८ वर्षीय दलबहादुर राई र सोही ठाउँ बस्ने छिमेकी ६३ वर्षीया देवीमाया तामाङबिच मादक पदार्थ सेवन गरी सामान्य विवाद भई झैझगडा भएको थियो । त्यसक्रममा देबीमाया तामाङले दलबहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट दलबहादुरको दुबै हातमा चोट लागेको छ भने देवीमायाको बायाँ हातमा चोट लागेको छ । दुबै घाइतेलाई उपचारको लागि दमक अस्पताल दमक पठाएको र खुकुरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया