Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

झापा, २४ चैत २०८१ । झापाको दमकमा गोठमा आगलागी हुँदा चौपायासहित ३ लाख बराबरको क्षति भएको छ । आज दिउँसो ३:१० बजे दमक नगरपालिका वडा नम्बर–४ अडियामल बस्ने भरतबहादुर खड्काको टिनको छानो भएको गाईगोठमा अचानक आगलागी भएको हो ।

आगलागीबाट गोठभित्र बाँधेर राखेको एक बर्षको गाईको बाछी जलेर मरेको छ । आगलागीबाट गोठ पूर्णरुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही गोठ छेउमा रहेको विद्योदय आधारभूत विद्यालयको २ थान स्मार्ट बोर्ड , काठको पल्ला भएको ८ थान झ्याल , ४ थान ग्रिलको झ्याल समेत जलेर नष्ट भएको छ ।

उक्त आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र अस्थायी प्रहरी चौकी ताराबारीबाट खटिएको प्रहरी टोलीको सहयोगमा ३:४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

 

तपाईको प्रतिक्रिया