Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

अछाम, २३ चैत २०८१ । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चैते दसैँका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए।

घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले बताए।

 

तपाईको प्रतिक्रिया