Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठमाडौं, २२ चैत २०८१ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

उक्त रिटमा शुक्रबार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘केहीबेरअघि बयान सकिएको छ । आदेशबारे प्रशासनमा काम हुँदैछ,’ उनले भनिन् ।

अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने जानकारी गराए ।

‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने ।

यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

छविले पनि धरौटीमा छाड्नुपर्ने भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए ।

 

तपाईको प्रतिक्रिया