Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

बुटवल, २२ चैत २०८१ । जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर पाल्पामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोटा गाउँपालिका वडा नम्बर ७ पालुङका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा लडेर सोही आगोमा परेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले कोर्तुङस्थित पालुङ सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा बिहीबार अपराह्न ५ बजेतिर भएको उक्त घटनाबारे आफूहरूले शुक्रबार बिहानमात्र जानकारी पाएको बताए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय तानसेनको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी निरीक्षक बेल्बासेले आगो निभाउने क्रममा भिरबाट १५/२० मिटर तल खस्दा सोही आगोमा जलेर सर्तुङ्गेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

घटनाको प्रारम्भिक अनुसन्धान गरी अहिले शवलाई पोष्टमर्टको लागि जिल्ला अस्पताल तानसेनमा लगिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया