Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, २२ चैत २०८१ । स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको जनाएको छ। अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया