काठमाडौं, १९ चैत २०८१ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओ नियुक्त गरेको हो ।
चापागाईंले मंगलबार नियुक्तिपत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
झापाका चापागाईं सानिमा बैंकका पूर्वकर्मचारी हुन् । उनले बैंकको झापालगायत शाखामा प्रमुख भएर काम गरेका छन् । उनी तत्कालीन सानिमा लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर थिए ।