Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठमाडौं, १९ चैत २०८१ । युनाइटेड अरब इमिरेट्स (यूएई) ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ ।

यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्रले जनाएको छ ।

यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको थियो ।

 

तपाईको प्रतिक्रिया