झापा, १८ चैत २०८१ । बैङ्किङ कसूर मुद्दाका फरार एक प्रतिवादी इलाममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा तोपगाछी गाविस ९ नागरिकता उल्लेखित वतन भई हाल इलाम चुलाचुली(४ का ३९ वर्षीय दुर्गाप्रसाद पौडेल रहेका छन् ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा बैङ्किङ कसुर मुद्दा दर्ता भएको थियो । पौडेल फरार रहेको अवस्थामा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले साँझ ५ बजे चुलाचुली –४ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।