Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

झापा, १७ चैत २०८१ । लागुऔषधसहित झापाको कमल र दमकका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका-४ का ३८ वर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ वर्षीय अंकित कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आईतबार (आज) साँझ ५ः३० बजे मेचीनगर नगरपालिका-६ मेची डाँडामुनि पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका उनिहरु दुवैमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा कार्कीले घाँटीमा भिरेको गलबन्दीभित्र प्वाल बनाई ९ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन ल्याएको फेला परेको थियो । दुवै जनालाई नियन्त्रण लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आवश्यक कारवाही तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया