Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १७ चैत २०८१ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले बढेर ४५०.२७ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यसदिन ३२३ स्क्रिप्सको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर सर्वाधिक ९.९४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६९ करोड बढीको सेयर कारोबार भयो। यसैगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३९ करोड,सीईडीबी होल्डिङ्सको २४ करोड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज ११ समूहको उपसूचक बढेको छ। कारोबारमा आएकामध्ये २२२ स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो।

 

तपाईको प्रतिक्रिया