Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १७ चैत २०८१ । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो ।

“मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना ९फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण० उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध छ,” प्रहरीले माग गरेको सूचनामा भनिएको छ ।

सूचना र सूचनाकर्ताको गोपनीयता कायम राख्ने पनि प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया