Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

झापा, १६ चैत २०८१ । यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकी र प्रोत्साहन पुरस्कार पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले १ लाख १ सय रूपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकी र २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको प्रोत्साहन पुरस्कार पूर्वाञ्चल दैनिकका सहसम्पादक भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रबार बसेको महासंघको तेस्रो बैठकले दुवै पुरस्कार महासंघको ७० औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमकाबीच प्रदान गर्ने निर्णय गरेको छ ।

तर, मुलुकमा उत्पन्न परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्म नेपाल पत्रकार महासंघले कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेसंगै उक्त कार्यक्रम स्थगित भएको पत्रकार महासंघ मोरङ शाखा सचिव नेत्रप्रसाद अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया