Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, १४ चैत २०८१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रुपन्देहीमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ ।

बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैधरूपमा घरायसी सामान भित्र्याउन सहजीकरण घुस लिइसकेको अवस्थामा खड्कालाई मायादेवी गाउँपालिका-६ बाट बुधबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

खड्कामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया