Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १४ चैत २०८१ । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४० अंकले बढेको नेप्से यसदिन ४१.४३ अंकले बढेर २६६३.५४ विन्दुमा अडिएको हो।

नेप्से बढेसँगै कारोबार रकम बुधबारको तुलनामा वृद्धि भएको छ। आज ५ अर्ब माथिको सेयर कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०९ स्क्रिप्सको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक बढेसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५१ करोड १८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सले २७ करोडको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड,सीईडीबी होल्डिंसको २० करोड र ग्रिन डेभलपमेन्ट बैंकको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ६.०९ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया