Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, १४ चैत २०८१ । झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको हो । हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेका थिए ।

उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रियापश्चात् शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया